रामेछाप , असार १४ गते ।
रामेछाप जिल्लाको लिखुतामाकोसि गाउँपालिका दुरागाउँमा सुम्पो दुर्घटना हुदाँ एक जना मृत्यु भएको छ भने एक जान घाइते भएका छन् । शनिबार बिहान भएको दुर्घटना परि चालक क्याल्बु तामाङको घटना स्थलमै मृत्यु भएको हो भने लिखुतामाकोशी गाउँपालिका वडा नं। १ का वडा अध्यक्ष निमङमार तमाङ घाइते भएका हुन् । घाइते वडा अध्यक्ष तमाङलाई उपचारको लागि सदरमुकाम मन्थली ल्याइएको छ । स्थानियका अनुसार बिहान साँढे सात बजे ना ४ च ६२०५ नं सुमो उकालो सडक चढ्ने क्रममा सडकबाट करिब ५० मिटल तल खसेको थियो । सुमोमा दुई जना मात्रै सबार रहेका बताइएको छ । । दुर्घटना स्थलमा प्रहरी पुगेर दुर्घटनाको बारेमा थप अनुसन्धन गरीरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रबक्ता शेख अदालतले जानकारी दिनुभयो ।