ताजा समाचार


खाँडादेवी गाउँपालिकाले सुशासन कार्यबिधि बारे नागरिक स्तरमा सुझाव संकलन गर्ने

 नेपाल बाहक    १४ असार २०७६, शनिबार १२:१८     436 जनाले पढ़िसके


रामेछाप , असार १४ गते ।
रामेछापको खाँडादेवी गाउँपालिकाले निर्माण गर्न लागेको सुशासन सम्बन्धि कार्य्विधिको बारेमा नागरिक स्तरमा सुझाव संकलन गर्ने भएको छ । गाउँपालिकाले कार्य्विधिमा समेट्ने विषयमा नागरिकबाट सुझाव समेत लिई प्राप्त सुझावलाई समेटेर कार्य्विधि तयार गर्ने भएको हो ।
शनिबार गाउँपालिकामा आयोजना गरिएको सामाजिक जवाफदेहीताका औजारहरुको अभिमूखिकरण कार्यक्रममा सो निर्णय भएको हो । गाउँपालिकाको समन्वय तथा युएसएडको आर्थिक सहयोग, एफएचआई ३६० र हुराडेक नेपाल दोलखाको आयोजनामा भएको सो कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले गाउँपालिकाले कार्य्विधि तत्काल कार्यान्वनमा ल्याउने योजना बनाएको भए पनि यो छलफल पछि एकपटक कार्य्विधिको मश्यौदा लिएर नागरिक स्तरमा छलफलमा गई प्राप्ता सुझावलाई समेत समावेस गरेर कार्य्विधिलाई कार्यपालिकाले पास गर्ने निश्कर्षमा पुगेको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठले नेपाल सरकारले प्रचलनमा ल्यएको सुशासनका औजारहरुलाई प्रयोग गर्ने गरी गाउँपालिकाको सुशासन सम्बन्धि कार्य्विधि बनाउने बताइन् ।
सो कार्यक्रममा गाउँपालिकाका वडाअध्यक्ष, अन्य निर्वा्चित जनप्रतिनिधिहरु, शिक्षक, नागरिक अगुवा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा हुराडेक नेपाल दोलखाका जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले नेपालमा प्रचलनमा रहेका सुशासनका औजारहरुको बारेमा जानकारी दिँदै स्थानीय सरकारले त्यसलाई प्रयोग गरी सुशासन प्रवर्धन गर्नु पर्नेमा जोड दिए । उनले सुशासन कार्य्विधि, नीति वा ऐन बनाउँदा सुशासनको औजारहरुको वाध्यकारी रुपमा अधिकार प्रयोग गर्ने गरि बनाउनु पर्नेमा जोड दिएका थिए ।