ताजा समाचार


रामेछापमा सहुलियत ब्याजको कर्जा लिनेको संख्या अत्यन्तै कम

 नेपाल बाहक    १८ असार २०७६, बुधबार १२:००     1218 जनाले पढ़िसके

रामेछाप , १८ असार । रामेछाप जिल्लामा सहुलियत ब्याजको ऋण अत्यन्त कमले लिएका छन् । नेपाल सरकारले व्यबसायिक कृषि तथा पशुपन्छी कर्जामा ५ करोड सम्म, शिक्षित युवा स्वारोजगार कर्जा ७ लाख सम्म , बिदेश बाट फर्केका युवा परियोजनामा १० लाख सम्म , महिला उद्यमशिल कर्जामा १५ लाख , दलित समुदाय ब्यबसाय बिकास कर्जामा १० लाख सम्म , उच्च र प्रबिधिक तथा व्यबसायिक शिक्षा कर्जामा ५ लाख सम्म र भुकम्प पिडित निजि आवस निमार्णको लागि ३ लाख रुपैया सम्मा सहुलियत ब्याजमा ऋण दिने निर्णय गरेको थियो ।
रामेछाप जिल्ला हाल सम्म ७८ जनाले मात्र प्रस्ताब पत्र हालेका छन् भने १२ जनाले मात्र ऋण लिएका छन् । हाल सम्म राष्टिय बाणिज्य बैकको मन्थली साखा सबै भन्दा बढि अर्थात ३२ वटा प्रस्ताव पत्र परेको छ भने सबै फाइल माथिल्लो निकायमा पठाइएको छ । त्यस पछि नेपाल इन्भेष्टमेन्ट बैक मन्थलीम १५ वटा प्रस्ताव पत्र परेकोमा एक जनाले पुर्न ः निमार्णको लागि ऋण लगानि भएको छ । एनसिसि बैकं मन्थलीमा १० वटा प्रस्ताव पत्र परेका थिए पनि प्रकृया नपुगि आएको कारण सबै फाइल मन्थली साखामा रहेको बैकंले जनाएको छ । भने कृषि बिकास बैकमा ६ वटा प्रस्ताव आएका छन् । मेघा बैक मन्थली साखामा ५ वटा प्रस्ताव परेकोमा ३ जानको ऋण लगेका छन् । जसमा एक जनालाई कृषि १० लाखा र २ जनालाई पुनः निमार्णको लागि रु ३ ÷ ३ लाख रुपैयाँ लगानि गरेको बैकंले बताएको छ । एनएमबि बैक मन्थली शाखामा ३ वटा प्रस्ताव पत्र परेकोमा २ जनालाई कृषिमा र एक जनालाई पुनः निमार्णको लागि ऋण लागानि भएको छ । भने ग्लोबल आईएमइ बैक मन्थलीमा २ वटा प्रस्ताव पत्र परेकोमा २ जनालाई नै पुनः निमार्णको लागि ऋण लगानि भएको छ ।

सहुलियत कर्जा भनेको के हो ?
नेपाल सरकारले निश्चित ब्याज प्रतिशत अनुदान दिने गरी उपलब्ध गराईने कर्जा नै सहुलियतपूर्ण कर्जा हो । बेरोजगार युवाहरुलाई सम्बोधन गर्ने खालको योजना हो । यसले व्यवसायिकतामा जोड दिएर बेरोजगारीको सख्यामा कमि ल्याउनुका साथै गरिबी न्यूनिकरणमा जोड दिने गर्छ ।

यसको उद्देश्य के हो ? यो कस्तो ब्यक्ति वा वर्गले पाँउछन् ?

नेपाल सरकारले कृषि तथा पशुपन्क्षीजन्य क्षेत्रको व्यवसाय प्रबद्र्धन गरी उत्पादन एवं रोजगारी अभिबृदि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुक भित्र रोजगारीका अवसर श्रृजना गर्न, बिदेशबाट फर्केका युवालाई बिदेशमा आर्जन गरेको सीप र ब्यवसायिक दक्षता उपभोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन सहयोग गर्ने एउटा सहुलियतपूर्ण योजना हो ।

यसबाट महिला उद्यमशील क्षमताको विकास गर्दै, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण एवं प्रबद्र्धन गरी उद्यमशीलता विकास गर्न भरपुर सहयोग गर्नेछ । आर्थिक रुपमा बिपन्न, सिमान्तकृत समुदाय तथा लक्षित बर्गका बिद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा अध्ययानका लागि शैक्षिक ऋण उपलब्ध गराउनु नै यस कर्जाको मुख्य उदेश्य हो ।

कर्जा पाउने प्रक्रिया के हो ?

यो कर्जा लिनका लागि आफुसंग भएको सीप तथा दक्षता संग सम्बन्धित आफुले गर्न चाहेको ब्यवसायिक योजना सहित राष्ट्रिय बाणिज्य बैंकको जुनसुकै शाखा कार्यालयमा गई यस कर्जाको प्रक्रियामा जान सकिन्छ ।

लगानीको आधार के हो ?

यो कर्जा लगानीको मुख्य आधार नै ग्राहकले गर्न खोजेको पेशा, ब्यवसाय र निजले गर्न खोजेको ब्यवसायिक योजना नै हो । यो कर्जाको ब्याजको सम्बन्धमा बैकको बेस रेट मा २ प्रतिशत प्रिमियम जोडि जम्मा ब्याज कायम हुन्छ ।

बैकको बेस रेट ६.३३ प्रतिसत भएकाले, हाम्रो बैकको सन्धर्भमा बार्षिक ब्याजदर बेस रेट ६.३३ मा २ जोड्दा ८.३३ प्रतिसत हून आउछ त्यसमा ५ प्रतिसत नेपाल सरकारले अनूदान उपलब्ध गराउने हुदा ग्राहकले तिर्नू पने ब्याज जम्मा ३.३३ प्रतिसत हून आउछ अझै महिला ब्यवशायिको हकमा थप १ प्रतिसत थप अनुदान घटाउदा महिला उद्यमीले तिर्नु पर्ने ब्याज २.३३ प्रतिसत मात्र हुन आउछ ।

सहुलित कर्जा कति ब्याजमा पाँउछन् ?
कर्जा अवधि परियोजना अनुसार निर्धारण गर्छ ।कार्यक्रमको प्रकृती हेरेर निर्धारण गरिन्छ । कार्यक्रमको स्क्रिममा भर पर्छ ।

जग्गा जमिन नहुने सुकम्वासी परिवारले पाउछँन कि पाउँदैनन ?
यो कर्जा लिदा जग्गा जमिन धितोमा नलिई उक्त ग्राहकले गर्ने परियोजना नै धितो रहने र पारिवारिक जमानी मात्र लिईने हुदा जग्गा जमिन नभएकाले पनि यो कर्जा पाउन सक्छन् ।
बाणिज्य बैकको पहुँच नभएका जनताले कसरी सेवा लिन सक्छन् ?
अबको डिजिटल समयमा सबैठाउँमा यो कार्यक्रमका बारेमा प्रचार प्रसार भैसकेको छ । सञ्चार माध्यममा बाट पनि प्रचार प्रसार भइरहेको छ । ग्रामिण क्षेत्रमा पनि यसको व्यापक प्रचार प्रसार भइरहेको छ ।