ताजा समाचार


संरक्षणको अभावमा ऐतिहासिक गुम्वा : वहुमुल्य सामाग्रिहरु असुरक्षित

 नेपाल बाहक    १८ असार २०७६, बुधबार १२:५७     426 जनाले पढ़िसके


रामेछाप , असार १८ गते । रामेछापको खाँडादेवी गाउँपालिका ८ गागलमा रहेको सिर्दुघ्याङ गुम्बाको संरक्षण नहुँदा गुम्बामा रहेका एतिहाँसिक तथा धार्मीक महत्वका वहुमुल्य सामाग्रिहरु असुरक्षित भएका छन् । २०७२ सालमा आएको विनासकारी भूकम्पको कारण गुम्बाको भवन भक्तिएपछि ती वहुमुल्य सामानहरु असुरक्षित भएका छन् ।
भुकम्पले गुम्बा भवन भक्तिए पछि स्थानीयले गुम्बामा भएका वहुमुल्य मुर्ति, गहना तथा वौद्धधर्मग्रन्थहरु बाँसको कटेरो बनाएर राखेका छन् । सडक किनारमा बाँसको टहरो बनाएर राखेका ती वहुमुल्य सामाहरु संरक्षण गरेर राख्न गारो भएको स्थानीय नरबहादुर तामाङ बताउँछन् ।
भत्किएको गुम्बाको नयाँ भवन निर्माण नहुँदा वहुमुल्य सामानहरु असुरक्षित रहेको वडा अध्यक्ष इन्द्र तामाङ पनि बताउँछन् । त्यसैले गुम्बाको भवन निर्र्माण गरि ती सामनहरुलाई छिटोभन्दा छिटो सुरक्षित स्थानमा सार्ने योजना बनाएको वडअध्यक्ष तामाङले बताए ।