रामेछाप , असार १९ गते । नक्कली सवारी चालक अनुमतिपत्र लाइसेन्स बनाउने गिरोहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप नगरपालिका–५ का ४० वर्षीय मुनाल कुमार मोक्तान, सिन्धुपाल्चोक सानो सिरुबारी–२ ३८ वर्षीय राजेशकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका–८ का ३८ वर्षीया राधेश्याम नगरकोटी र काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका–१ का २७ वर्षीय रुपेन्द्र दर्जी रहेका छन् । उनीहरुको साथबाट यातायत ब्यबस्था विभागको नगदी रसिद ६० थान, कम्प्युटर, प्रिन्टर, अंग्रेजी मिति लेखिएको रबर स्टयाम्प, पेन ड्राईभ, पि।भी। सि। पेपर, विभिन्न व्यक्तिहरुको नागरिकता, यातायात व्यवस्था कार्यालयको अंग्रेजी छाप समेत बररामद गरेको छ । पक्राउ परेका उनीहरुलाई उनीहरुलाई कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाइएको छ ।