ताजा समाचार


ओम अस्पताल र जनता बैंक बीच साझेदारी

 नेपाल बाहक    २० असार २०७६, शुक्रबार ०५:३२     319 जनाले पढ़िसके

 

रामेछाप । असार २० गते

काठमाडौंको चावहिलमा रहेको ॐ अस्पताल तथा रिसर्च सेन्टर र काठमाडौं थापाथलीस्थित जनता बैंक लिमिटेडले ग्राहक तथा कर्मचारीलाई उपचारमा सहुलियत सुबिधाकालागि साझेदारी गरेका छन् ।
ॐ अस्पताल र जनता बैंकबीच भएको सहमति अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले डाक्टरसँगको कन्सल्टेशन ,औषधिको बिल, डिस्पोजेवल, प्रत्यारोपण सामग्री र बिशेष प्याकेजहरु बाहेकका सेवामा १० प्रतिशत छुट पाउन सक्नेछन् ।

साझेदारी सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारीहरुले जनता बैंकको भिसा डेबिट कार्ड स्वाइप गरेर पनि उपलब्ध अफरको लाभ लिन सक्ने अस्पतालले जनाएको छ ।

साझेदारी सम्झौतापत्रमा ॐ अस्पतालका प्रबन्ध संचालक बाबुकाजि कार्की तथा संचालक समिति सदस्य तथा जनसम्पर्क निर्देशक हरी प्रसाद पाठकले तथा जनता बैंकका प्रबन्धकहरु सुरेश गौतम र महेन्द्र खतिवडाले हस्ताक्षर गरेका छन्