ताजा समाचार


ट्रकको ठक्करबाट रामेछापमा एक मजदुरको मृत्यु

 नेपाल बाहक    २० असार २०७६, शुक्रबार ०५:४३     490 जनाले पढ़िसके

रामेछाप । असार २० गते
रामेछापको लिखु तमाकोसी गाउँपालिका – ४ बिजुलीकोटमा ट्रकको ठक्करबाटबाट सडकमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ । शुक्रबार बिहान मन्थलीबाट लिखुतामाकोसी गाउँपालिकाको सैपु तर्फ जाँदै गरेको बा ५ ख ४५९१ नं ट्रकले ठक्कर दिँदा सडकमा काम गरिरहेका दाङ जिल्ला तुलशिपुर उपमहानगरपालिका–३ का करिव ५० वर्षिय अमृतबहादुर सुनावारको मृत्यृ भएको इलाका प्रहरी कार्यालय धोवीले जनाएको छ ।
लिखु–३ हाइड्रा पावरको सामान लिएर निर्माणस्थल तर्फ जाँदै गरेको सो ट्रकले सडकको मोडमा काम गरि रहेका ती मजुदरलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्य भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।