रामेछाप । असार २० गते
मन्थली नगरपालिकाले यस वर्षको उत्कृष्ट शिक्षकको सम्मान मन्थली माविका शिक्षक चन्द्रसिंह धामीलाई प्रदान गरेको छ । मन्थली नगरपालिकको पाँचौ नगर सभाले मन्थली नगरपालिकाभित्रका विद्यालयका शिक्षकहरु मध्येबाट सिंहलाई विद्यालय सुधारको लागि उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरेको हो । मन्थली नगरपालिका भित्र कुल १९ वटा माविहरु रहेका छन् । मन्थली मावि नमुना उन्मुख मावि हो । यस वर्षको एसइइ परिक्षामा मन्थली माविका विद्यार्थीले जिल्लामा सर्वोत्कृष्ट ३ मध्येको एक स्थान हाँसिल गर्न सफल भएको छ ।
यसै गरी नगरपालिका भित्रको उत्कृष्ट विद्यालयको पुरस्कार मन्थली स्थिति तामाकोसी अंग्रेजी विद्यालयले प्राप्त गरेको छ । सो विद्यालयलाई यस वर्षको एसइइ परिक्षामा जिल्लामै उत्कृष्ट नतिजा ल्याएकोमा सम्मानित गरिएको हो । विद्यालयको भौतिव व्यवस्थापन तथा नगरको शैक्षिक क्षेत्र विकासमा पुर्याएको योगदानको कदर गर्दे सो सम्मान प्रदान गरिएको उल्लेख छ ।