ताजा समाचार


रामेछापका ६ सय ७३ बिपन्न परिबारको निःशुल्क स्वास्थ्य बिमा

 नेपाल बाहक    २३ असार २०७६, सोमबार ०९:१५     959 जनाले पढ़िसके

रामेछाप । २३ असार
रामेछाप जिल्लामा ६ सय ७३ बिपन्न तथा गरिब परिबारका २ हजार ७ सय ७१ जनाको निशुल्क बिमा गरिएको छ । स्वास्थ्य बिमा बोर्ड रामेछापका अनुसार रामेछाप जिललमा स्वास्थ्य विमा कार्यक्रम सुरु भएयता सो परिमाणमा विपन्न परिवारको निशुल्क विमा गरिएको हो ।
स्वास्थ्य विमा दर्ता अधिकारी यज्ञाराज ढुँगेलका अनुसार रामेछाप जिल्लामा हालसम्म ४ हजार ६ परिबारका १६ हजार ८ सय ६ व्यक्ति स्वास्थ्य बिमा कार्यक्रम सहभागि भएका छन् । रामेछापमा स्वास्थ्य बिमा कार्यक्रममा सहभागि हुनेमा महिलाहरुको संख्या अधिक रहेकोे छ । स्वास्थ्य बिमा बोर्ड रामेछापको तथ्याङ्क अनुसार यस कार्यक्रम ८ हजार ८ सय २५ जान महिलाले सहभागिता जनाएका छन् । त्यस्तै पुरुषहरुको संख्या ७ हजार ९ सय ९१ रहेको छ ।
स्वास्थ्य बिमाको लागि रामेछाप जिल्लाका सबै स्थानीय तहमादर्ता सहयोगि खटाइएको छ । हालसम्ममा मन्थली नगरपालिकामा ५ हजार २ सय ८९ जना , रामेछाप नगरपालिकामा १ हजार १ सय २८ जना , लिखुतामाकोसी गाउँपालिकामा १ हजार १ सय ४१ जना , सुनपाति गाउँपालिकामा २ हजार ४ सय २३ जना , उमाकुण्ड गाउँपालिकामा १ हजार ६ सय १६ जना, दोरम्बा गाउँपालिकामा २ हजार १ सय ३० जना , गोकुलगंगा गाउँपालिकामा १ हजार ७ सय ८५ जना , खाडादेबि गाउँपालिकामा १ हजार २ सय ५० जना स्वास्थ्य बिमा कार्यक्रममा सहभागि भएका छन् ।