ताजा समाचार


रामेछापमा मानवअधिकार वर्षपुस्तकको पूर्वसमिक्षा

 नेपाल बाहक    २५ असार २०७६, बुधबार ०८:२२     641 जनाले पढ़िसके

रामेछाप । असार २५ गते,
रामेछापमा इन्सेकको मानवअधिकार वर्षपुस्तकको पूर्वसमिक्षा तथा जिल्लाको ६ महिनाकोमानव अधिकारको अवस्थाको बारेमा सरोकारवालाबिच छलफल भएको छ । बुधबार मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवाला निकायहरुले अधिकार खोज्ने तर आफ्नो कर्तव्य भुल्ने बानिले मानवअधिकार संकटमा परेको बताए । कार्यक्रम इन्सेक र मानवअधिकार संरक्षण सञ्जालको आयोजनाा भएको हो ।
कार्यक्रममा रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्राईले मानवअधिकार खोज्दा आफ्नो कर्तव्य पनि भुल्न नहुने बताए । उनले सबैले सबै ठाउँमा अधिकारको उपभोगसँगै कर्तव्य पालना गरे मानवअधिकारको संरक्षण हुने बताए । प्रशासिनक तबरबाट आपूmहरु मानवअधिकार संरक्षणको लागि सदैव प्रतिवद्ध रहेको उनले बताए ।
जिल्ला सकारी वकिल कार्यालयका प्रमुख न्यायाधिवक्ता कृष्ण प्रसाद बरालले मुलुकमा मानवअधिकारको घटना हुन नदिन सवैभन्दा पहिले जनप्रतिनिधिहरुमा यसबारे सचेतना हुन अत्यावश्यक रहेको बताए । उनले कतिपय गम्भिर घटनामा पीडितले अदालतमा पुगरे आत्माघाति वयान दिएर आरोपीलाई छुटकारा दिन सहयोग गर्ने प्रवृत्ति बढ्दै गएको बताए । यसल मानवअधिकार उल्लङ्नका घटना बढाउन सहयोग गरेको उनले बताए ।
जिल्ला अदालत रामेछापका श्रेस्तेदार गेहेन्द्रराज रेग्मीले कतिपय अवस्थामा मानविय कर्तव्य विर्सदा न्याय प्रणालीमा बेला बखत समस्या आउने गरेको बताए । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले रामेछाप जिल्लामा अनुसन्धानका क्रममा आरोपितहरुमाथि कुनै पनि यातना नहुने दावि गरे । उनले प्रहरीमा मानवअधिकार हनन्का मुद्दाहरु आउने गरेका भएपनि बिचैमा मिलापत्र हुँदा प्रहरीलाइनै कमजोरी बनाउने काम भैरहेको बताए ।
कार्यक्रममा इन्सेक रामेछापका जिल्ला प्रतिनिधि नवराज पथिकले सन् २०१९ को ६ महिनामा रामेछाप जिल्लामा इन्सेकले संकलन गरेका भएका मानवअधिका उल्लङ्घनका घटनाहरुका बारेमा जानकारी गराएका थिए । ६ महिनामा इन्सेकमा १९ वटा घटनाहरु अभिलेखिकरण भएको उनले बताए । जसमा बलात्कारका २, जातिय विभेदका २, धम्किको १, आर्थिक अधिकारका २, शिसु हत्या २, अपमानजनक व्यवहार २, हत्या २, हिसारसतमा नराम्रो व्यवहार १, बहुबिबाहको २ र कुटपीटका ३ वटा घटना अभिलेखिकरण भएको उनले बताए ।
कार्यक्रममा जिल्ला बार एसोसियसन रामेछापका अध्यक्ष विचारसिंह तामाङ,कानुन् व्यवसायीहरु , सञ्चारकर्मीहरु र विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।