ताजा समाचार


वृक्षारोपण कार्यक्रममा जनसहभागिता बढाइने

 नेपाल बाहक    २६ असार २०७६, बिहीबार ०७:३६     581 जनाले पढ़िसके

रामेछाप २६ असार ।

रामेछापको सदरमुकाम मन्थली र आसपासको क्षेत्रमा सघन रुपमा वृक्षा रोपणको लागि सामुदायीक सहभागिता जुटाइने भएको छ । सामुदायीक विकास, सृजनशिल युवा समाज र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले जर्मन सरकारको सहयोगमा सञ्चालन गरेको वातावरण संरक्षण परियोजनाले जनशहभागिता जुटाई वृक्षारोपण गर्ने विषयमा बिहिबार मन्थलीमा सरोकारवालासँग छलफल गरेको छ ।
प्रदेश नं ३ का सांसद शान्तिप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सामुदायिक विकास कार्यक्रमका निर्देशक मिलन घिसिङले सो परियोजना अन्तर्गत रामेछापको मन्थली खुर्को, मन्थली कठजोर, मन्थली रामेछाप लगायतका सडक किनार र त्यस आसपासका किसानहरुका निजि जग्गामा समेत वृक्षारोपण तथा फलफूल र डालेघाँसका विरुवा रोप्ने कार्यक्रम रहेको बताए । परियोजनाको ३ वर्षको अवधिमा ९ लाख विरुवा रोप्ने योजना रहेको उनले बताए । यसको लागि परियोजनाले मात्र काम गरेर सम्भव नहुने भएकोले स्थानीय समुदायसँग सहकार्य गरी काम गरिने उनले बताए ।

”सामुदायिक विकास कार्यक्रमका निर्देशक मिलन घिसिङले सो परियोजना अन्तर्गत रामेछापको मन्थली खुर्को, मन्थली कठजोर, मन्थली रामेछाप लगायतका सडक किनार र त्यस आसपासका किसानहरुका निजि जग्गामा समेत वृक्षारोपण तथा फलफूल र डालेघाँसका विरुवा रोप्ने कार्यक्रम रहेको बताए । परियोजनाको ३ वर्षको अवधिमा ९ लाख विरुवा रोप्ने योजना रहेको उनले बताए । यसको लागि परियोजनाले मात्र काम गरेर सम्भव नहुने भएकोले स्थानीय समुदायसँग सहकार्य गरी काम गरिने उनले बताए ।” 

कार्यक्रममा बोल्दै साँसद पौडेलले रुख रोप्दाखेरि प्राविधिक रुपले कुन ठाउँमा कुन विरुवा हुन्छ भन्ने कुरा हेरेर मात्र रोप्नु पर्ने बताए । यसैगरी सडक क्षेत्रको पनि निजि जग्गामा फल दिने खालका रुख रोप्दा किसानहरुको जीवस्तर पनि उकास्न सहयोग पुग्ने उनले बताए ।
नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले वृक्षारोपणमा डालेघाँसका विरुवा लगाउँदा किसानको सहभागित बढ्ने बताए । कार्यक्रममा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका प्रमखु एवं प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, मन्थली स्थिति विभिन्न विद्यलायका प्रधानाध्यापकहरु तथा मन्थली नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो । सहभागिहरुले विरुवा रोप्ने भन्दा पनि त्यसको संरक्षण हुर्काउने गरी कार्यक्रम बनाउनु पर्ने बताएका थिए ।
सो कार्यक्रममा विद्यालय तथा अन्य सहभागिहरुले वृक्षारोपणको लागि खाडल खन्ने तथा रुख रोप्ने काममा आआफ्नो तर्फबाट सहभागिता हुने बताए ।