ताजा समाचार


रामेछापमा गोठको पर्खाल भत्किदा एक वृद्धा

 नेपाल बाहक    २७ असार २०७६, शुक्रबार ०५:१४     544 जनाले पढ़िसके

रामेछाप , असार २७ गते ।

रामेछापममा गोठको पर्खाल भत्कीदा एक वृद्धाको ज्यान गएएको छ भने एक जना घाइते भएका छन् । गोठको पर्खाल भतकीएर रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुरमा ७० बर्षिय वृद्धा पदम कुमारी सुनुवारको ज्यान गएको छ भने सोहि स्थानकि ४५ बर्षिय असली सुनुवार घाइते भएको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ । घर नजिकै रहेको गोठमा भैसीलाई घाँस हाल्न जाने क्रममा एक्कासी गोठको पर्खाल भत्कीदा वृद्धा सुनुवारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिनस भएको छ । प्रवक्ता अदालतका अनुसार एउटा भैसी मरेको र एउटा भैसी घाइते भएको छ । घाइते भएकी सुनुवारको नजिकैको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।