ताजा समाचार


देशभर बाढी पहिरो : १६ जनाको मृत्यु

 नेपाल बाहक    २७ असार २०७६, शुक्रबार १३:२६     435 जनाले पढ़िसके

रामेछाप , २७ असार ।
लगातार बर्षा पछि आएको बाढी पहिरोमा परि १६ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । तराईका जिल्लाहरु डुबानमा परेका छन् । गृहमन्त्रालयको शुक्रबार बेलुकी साढे ६ बजेसम्मको तथ्यांकअनुसार देशैभरी बाढीपहिरो र डुबानको जोखिम रहेको बताइएको छ । गृहमन्त्रालयले आपत्‌कालीन उद्धारका लागि सरकारी संयन्त्र तयारी अबस्थामा राखेको बताएको छ । बाढि पहिरोका कारण बिभिन्न राजमार्ग समेत अवरुद्ध भएका छन् । यस गर्दा यात्रुहरु विचल्लीमा परेका छन् । पहाडी र हिमाली जिल्लाहरुमा पहिरोको जोखिम बढेको छ । तराईका जिल्लाहरुमा खानेपानीको समस्या हुन थालेको छ।