ताजा समाचार


बर्षाका करण सडक अवरुद्ध, सन्चालनमा केहि दिन लाग्ने

 नेपाल बाहक    २८ असार २०७६, शनिबार १२:४०     628 जनाले पढ़िसके

रामेछाप , असार २८ गते ।
लगतार बर्ष पछि आएको पहिरोको कारण मन्थली खुर्कोट सडक खण्डमा यातयत अवरुद्ध भएको छ । बर्षका कारण बिभिन्न ठाउँमा पहिरो गएको छ । बाटो अवरुद्ध भए पछि रामेछाप , दोलाखा , सिन्धुलि , ओखलढुगा लागएका यात्रु मारमा गरेका छन् । बर्षा संगै आएको पहिरोले मन्थली खुर्कोट सडक खण्डको पुल अवरुद्ध भएको छ । सिन्धुलीको गोलान्जोर गाँउपालिका–५ खनियाखर्क नजिक पहिरो जाँदा बीपी राजमार्ग पुनः अबरुद्ध बनेको छ । तीन दिनदेखि लगातार भई रहेको बर्षाले जनजिवन ीअस्तव्यस्त नै बनाएको स्थानीय बासिन्दाले बताएका छन् ।
यस्तै मध्यपहाडी राजमार्ग अन्तर्गको सिन्धुलीको खुर्कोट–घुर्मी खण्डको गोलन्जोर गाउपालिका–३ को बितिजोर खोलामा रहेको पुलको एकछेउ पहिरोका कारण भत्किएको छ ।
यता रामेछापमा भने मन्थली नगरपालिका ,जिल्ला प्रहरी , जिल्ला ट्राफिक प्रहरी लगाएतको सक्रियतामा मन्थली बसपार्क , आकाशे लगाएतका स्थानहरुमा आएको अवरोध हटाएर यातायातका साधनहरु संचालन गरिएको रामेछापका प्रहरी प्रवक्ता शेख अदालतको जनाकारी दिनु भएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ को बोक्से पहरोमा पहिरो गएपछि रोकिएर बसेका मालबहाक ट्रक तथा सवारी साधनहरुलाई पहिरो हटाएर निकालिएको छ । रामेछाप प्रहरीका अनुसार मन्थली खुर्कोट सडक खण्डको पुल नजिक ठुलो पहिरो गएर विचमा ठुलो ढुंगा बसेकाले सडक संचालन गर्न अझै केहि दिन लाग्ने बताइएको छ ।
सम्भावित विपद्लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको रामेछाप प्रशासनले जनाएको छ।केहिदिनअघि बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकलेनै आवश्यकताको आधारमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनालाई परिचालन गर्ने निर्णय गरेको थियो । सम्भावित विपद्का घटनालाई मध्यनजर गरी रामेछापको आठ वटै स्थानीय तहमा दुई÷दुई सय त्रिपाल र एक÷एक सय कमल पठाइएको छ । प्रशासनले अविरल बर्षापछि आउँसक्ने सम्भावित दुर्घटनाबाट जोगिन सुरक्षित स्थानमा बस्न रामेछाप जिल्लावासीलाई आग्रह गरेको छ ।