ताजा समाचार

बाढी, पहिरो र डुवानबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपति भण्डारी द्धरा दुःख व्यक्त : उद्दार तथा राहतमा जुट्न आह्वान

 नेपाल बाहक    २९ असार २०७६, आईतवार १२:०३     331 जनाले पढ़िसके

२९ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बढि पहिरो र डुवानका कारण जनधनको क्ष्यति भएकोमा दुःख ब्यक्त गर्नु भएको छ । यस समयमा उद्दार तथा राहतमा जुट्न समेत आह्वान गर्नु भएको छ । अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो र डुवानबाट भएको धनजनको क्षतिप्रति दुःख समेत व्यक्त गर्नु भएको छ । राष्ट्रपति भण्डारीले पीडितको उद्दार तथा व्यवस्थापन, घाइतेहरको उपचार, राहत वितरण र वेपत्ता भएकाहरुको खोजीमा राज्यका संयन्त्रहरुाई परिचालन गराउन सम्बधित निकायले ध्यान दिनेछ भन्ने विश्वास समेत व्यक्त गर्नु भएको छ । उहाँले प्राकृतिक प्रकोपबाट बच्न आवश्यक सावधानी अपनाउन समेत सबैलाई आह्वान गर्नु भएको छ ।