रामेछाप । असार ३० गते,
अबिरल बर्षासंगै आएको पहिरोका कारण अवरुद्ध भएको मन्थली—खुर्काेट सडकखण्डको अबरोध हटेपछि यातयत पुनः सन्चालन भएको छ । काठमाडौबाट ठुलो स्काभेटर मगाएर खुर्काेट पुलमा पहिरो हटाए पछि आइतबार साझँ बाट यातयत सन्चालनमा आएको हो । अवरुद्ध सडक खुलाउँन मन्थली नगरपालिका , जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी ,शसस्त्र प्रहरी , ट्राफिक प्रहरी लगाएत स्थानीयहरु सक्रिय देखाएका थिए । रामेछापको मन्थली—खुर्काेट सडक अवरुद्ध नखुलेपछि अरनिको राजमार्गबाट काठमाडौँसम्म छिटफुट यातायातका साधनहरु संचालन भएका थिए । अहिल यातयत सहजरुप सन्चालन भइरहेका छन् । अरुद्ध भएुको सडक सन्चालन गर्न मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेत र प्रमुख जिल्ला अधिकारी लिला कुमारी पाण्डे के.सि सत्रियताका साथ लाग्नु भएको थियो । दिउसो समयमा यातयत सन्चालन भए पनि रातको समयमा यातयात सन्चालन नगनक प्रजिअ केसिले अग्रह गर्नु भएको छ ।