ताजा समाचार


जिल्ला अदालत रामेछापमा आउने मुद्दा यस बर्ष ४१ प्रतिशले वृद्धि

 नेपाल बाहक    ३१ असार २०७६, मंगलवार १३:३५     459 जनाले पढ़िसके

रामेछाप , असार ३१ गते । जिल्ला अदालत रामेछापमा यस वर्ष गतवर्षको तुलनामा ४१ प्रतिशत भन्दा बढि मुद्दा परेका छन् । जिल्ला अदालत रामेछापका अनुसार गतवर्ष भन्दा यस वर्ष ४१।५१ प्रतिशतले मुद्दा वृद्धि भएका हुन् । जिल्ला अदालत रामेछापले मंगलबार पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार अदालतमा गत वर्ष २ सय ९४ मुद्दा रहेकोमा यस वर्ष ४ सय १५ मुद्दा दर्ता भएका छन् । अदालतका श्रेस्तेदार गेहेन्दराज रेग्मी रेग्मीका अनुसार यस वर्ष अदालतमा देवानी २ सय ६८, सरकारवादी फौज्दारी ९७, दुनियावादी फौज्दारी ५० मुद्दा परेका छन् । अदालतले यस वर्ष लक्ष भन्दा बढी मुद्दा फरेछ्योट गरेको पनि श्रेस्तेदार रेग्मीले बताए । उनका अनुसार यस वर्ष २ सय ३३ मुद्दा फैसला गर्ने लक्ष राखेकोमा २ सय ८५ मुद्दा फर्छौँट भएका छन् । अब अदालतमा १ सय ३४ थान मुद्दा बाँकि छन् ।
यस अवधिमा अदालतबाट जरुरी पक्राउ पूर्जि अनुमति ५४ वटा, पक्राउ अनुमति ३१, म्याद थप १ सस ८४, दर्ता बिबाह ५, कलडिटेल अनुमति ७४ तथा थुनछेक आदेश ७० वटा जारी भएका छन् । अदालतमा भदौ गएको साउन महिनामा सम्बन्ध विच्छेदका २३ थान मुद्दा दर्ता भएका थिए । जसमा महिला २१ जना र पुरुष २ जनाले मुद्दा दर्ता गरेका थिए । भदौ एकबाट नयाँ देवानी संहिता कार्यान्वयनमा आएपछि ९५ वटा मुद्दा दर्ता भएका छन् । ती मध्ये ५५ जना महिला र ४० जना पुरुषले मुद्दा दर्ता गरेका छन् । यी मध्ये ४५ थान मुद्दा फैसला हुन बाँकि छ