ताजा समाचार


खाँडादेवी गाउँपालिकाले सुत्केरी महिलालाई घरमानै गएर स्वास्थ्य सेवा दिने

 नेपाल बाहक    ३१ असार २०७६, मंगलवार १४:०२     470 जनाले पढ़िसके

रामेछाप । असार ३१ गते
खाँडादेवी गाउँपालिकाले साउन १ गतेबाट सो गाउँपालिका भित्र सुत्केरी भएका महिलारुलाई सुत्केरी पछिको स्वास्थ्य जाँच सेवा घरघरमा गएर दिने भएको छ । गाउँपालिकामा सम्पन्न स्वास्थ्य संस्थहरुको सामाजिक परिक्षण तथा सुशासन प्रवर्धनको लागि साझेदारी मञ्च बैठक कार्याक्रममा सो निर्णय भएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ महिलाहरुको लागि सो सेवा साउन १ गतेबाट नै सुरु हुने बताए । सो कार्य वापत स्वास्थ्य संस्थाका नर्सिङ स्टाफहरुलाई प्रोत्साहन भत्ता वपात गाउँपालिकाले केही रकम उपलब्ध गराउने उनले बताए । यसको लागि योजना बनाएर तत्काल गाउँकार्यपालिकामा पेस गर्न उनले गाउँपालिकाको स्वास्थ्य शाखालाई निर्देशन समेत दिए ।
गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठले सुत्केरी भएको १ घण्टा, ३ दिन र ७ दिनमा ३ पटक अनिवार्य स्वास्थ्य जाँच गर्नु पर्ने भए पनि ग्रमिण भेगका महिलाहरु सो समयमा स्वास्थ्य संस्थामा स्वास्थ्य परिक्षण गराउन आउनै नसक्ने हुने भएकाले घरमानै नर्सिङ स्टाफ पठाएर स्वास्थ्य जाँच गराउन लागेको बताइन् ।
सो गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सुवेदीले गाउँपालिकाका कुनै पनि स्वास्थ्य संस्थामा राज्यले निशुल्क उपलब्ध गराउने औषधि अभाव हुन नदिने बताए ।
गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश श्रेष्ठले यसले मातृ तथा शिसु मृत्युदर रोक्न तथा महिला र शिसुको स्वास्थ्य सुधारमा ठूलो सहयोग पुग्ने बताए ।
सो गाउँपालिकाका प्रसुतीसेवा सञ्चालन भएका स्वास्थ्य संस्थामा सुत्केरी हुन जाने महिलाहरुलाई स्वास्थ्य संस्थामा खानाको समेत व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ ।
सृजनशिल युवा समाज रामेछाप तथा युएसएडको आर्थिक सहयोग र एफएचआई ३६० तथा हुराडेक नेपाल दोलखको सहजिकरणमा सञ्चालित नागरिक समाज पारस्पारिक जावाफदेहीता परियोजनाको आयोजनामा भएको सो कार्यक्रममा स्वास्थ्य संस्थाको सुधारका विषयमा विभिन्न कार्ययोजना बनाई अघि बढ्ने निर्णय भएको छ ।
कार्यक्रममा गाउँकार्यपालिकाका पदाधिकारीहरु तथा स्वास्थ्य संस्थाहरुको व्यवस्थापन समितिका अध्यक्ष तथा स्वास्थ्य संस्थाका इञ्चार्जहरुको सहभागिता रहेको थियो ।
यसै बिच सोही गाउँपालिकाको अयोजना तथा सृजनशिल युवा समाजको सहजिकरणमा आवधिक तथा वार्षिक कृषि योजनाको मश्यौदा सम्बन्धि छफल कार्यक्रम पनि सम्पन्न भएको छ । सो कार्यक्रममा सृजनशिल युवा समाजले तयार पारेको मश्यौदा कृषि तथा खद्याविज्ञ परशुराम कार्कीले प्रस्तुत गरेका थिए । यसैगरी कृषि र पशु सेवा शाखाले गरेको कामको विषयगत शाखाका प्रमुखहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए । मश्यौदामा आएका सुझावलाई समेटेर आवधिक योजना तयार पारिने संस्थाका अध्यक्ष भुवनकुमार श्रेष्ठले जनकारी दिए ।
सोही गाउँपालिकाको आयोजना तथा सृजनशिल युवा समाज र गाउँपालिका स्तरीय सामुदायीक वन उपभोक्ता महासंघको आयोजनामा जलवायु अनुकुलन तथा वातावरण संरक्षण गोष्टि पनि सम्पन्न भएको छ । कार्यक्रममा वातावरणविज्ञ थिरबहादुर थापा रविनले वातावरण परिवर्तन र यसले पारेको प्रभाव तथा यसको अनुकुलनका उपायको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ र उपाध्यक्ष मखमली श्रेष्ठले गाउँपालिका वातावरण संरक्षण र अनुकुलनका योजना बनाएर अघि बढ्ने बताए ।