ताजा समाचार


नागरिकको गुनासो सुन्न रामेछापकि प्रमुख जिल्ला अधिकारी केसि जिल्लाका ६४ वडामै पुग्ने

 नेपाल बाहक    ३ श्रावण २०७६, शुक्रबार १२:३९     519 जनाले पढ़िसके

रामेछाप । साउन ३ गते
रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी रामेछाप जिल्लाका सबै २ नगरपालिका र ६ गाउँपालिकाका ६४ वटै वडामा नागरिकका गुनासो सुन्न जानु हुने भएको छ । तीन महिना भित्र जिल्लाका सबै वडामा पुगि नागरिकका गुनासो सुन्ने र समस्या समाधानको लागि पहल गर्ने कार्ययोजना बनाई उनी गाउँगाउँमा निस्कनु भएको हो ।
सोही क्रममा छैठौँ वडाको रुपमा रामेछाप नगपालिका–५ रामपुर पुगेर उनले स्थानीयको गुनासो सुन्नुका साथै विभिन्न सुझावहरु संकलन गरेकी छिन् ।
वडा नं ५ को वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा वडाअध्यक्ष भिमबहादुर तामाडले वडा कार्यालयले पारदर्शिता र सुशासन कायम गर्दे गुणस्तरीय सेवा प्रवाहको प्रयत्न गरि रहेको बताए । वडामा प्रहरी चौकी, एम्बुलेन्स, गुणस्तरी स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्य संस्था लगायतको आवश्यकता रहेको उनले बताए ।
कार्यक्रममा स्थानीयले सडक निर्माण गर्दा खेतमा लगाउने कुलो पुरिदिएको, खानेपानी तान्नको लागि तिर्नु पर्ने विद्युतको महसुल अति महंगो भएको, बाल बिबाह तथा लैगिक हिँसा रोक्ने खालका सचेतनाका कार्यक्रहरु कम भएका, स्वास्थ्य स्वयम्सेवीकालाई प्रोत्साहन भत्ता लगायतको सुविधान नभएको गुनासो गरेका थिए ।
स्थानीयको गुनासो सुनेपछि प्रजिअ केसीले स्थानीयबाट आएका गुनासोलाई आफूले समाधान गर्न सक्नेसम्म आफैले तत्काल गर्ने र नसक्ने विषय सम्बन्धित निकायमा पठाउने बताइन् । उनले विकासका काम गर्दा गुणस्तरमा जोड दिन आग्रह गरिन् । उनले एउटा विकास गर्दा अर्को विकासलाई प्रभाव पार्ने गरि काम नगर्न आग्रह गरिन् । यदि त्यसो गरिए कारबाहीको प्रक्रियामा जाने समेत उनले बताइन् ।