ताजा समाचार


बाढी पहिरो पिडितलाई राहत रकम हस्तान्तरण

 नेपाल बाहक    ३ श्रावण २०७६, शुक्रबार १३:१६     390 जनाले पढ़िसके

 

३ साउन, रामेछाप । रामेछाप नगरपालिका–५ रामपुरका बाढी पहिरो पीडितलाई रामेछापकी प्रमुख जिल्ला अधकारीले गाउँमै पुगेर राहात रकम वितरण गरेकी छिन् । प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीले पीडित परिवारका आफन्तलाई शुक्रबार नगद तथा अन्य राहात सामाग्रि उपलब्ध गराएकी हुन् ।
सरकारको तर्फबाट १ लाख रुपैयाँ नगद तथा घरायसी प्रयोगका सामान सहित रामपुर पुगेकी प्रमुख जिल्ला अधिकारी केसीले गएको असार २६ गते गएको पहिराले पुरेर मृत्यु भएकी ७१ वर्षिया पदमकुमारी सुनुवकार आफन्तलाई ती सामाग्रि हस्तान्तरण गरेकी हुन् ।
उनले मृत परिवार प्रति समवेदना प्रकट गर्दै राहात सामाग्रिले केही सहयोग मिल्ने बताइन् । राहात वितरण कार्यक्रममा वडा नं ५ का वडाअध्यक्ष भिमबहादुर तामाङ लगायत सहभागि थिए ।
रामेछापामा केही दिन अघि परेको अविरल वर्षाको कारण एक जनाको मृत्यु भयो भने सोही परिवाकी एकजान घाइते भएका छन् ।