ताजा समाचार


नेता र कार्यकर्ता परिर्वतन नभए काग्रेस अघि बढ्न सक्दैन : नेता सिटौला

 नेपाल बाहक    ६ श्रावण २०७६, सोमबार १३:०७     392 जनाले पढ़िसके

रामेछाप । साउन ६ गते
नेपालि काग्रेसका नेता कृष्ण प्रसात सिटौलाले नेपालि काँग्रेस पार्टी र नेता कार्यकर्तामा आमोल परिवर्तन हुन आबश्यता रहेको बताउनु भएको छ । नेता सिटौलाले यथास्थितिमा काँग्रेस अघि बढ्न नसक्ने बताएउनु भएको छ ,।
विपि प्रतिष्ठान रामेछापले सोमबार सदरमुकाम मनन्थलीमा आयोजना गरेको बिचार गोष्ठिमा बोल्दै सिटौलाले अब काँग्रेस पार्टी र नेता कार्यकर्तामा आमोल परिवर्तन हुन नसके पार्टी अघि बढ्न नसक्ने बताउनु भएको हो । उहाँले पाटि भित्र सोचमा, व्यवहारमा शैलीमा, नीतिमा कार्यक्रममा, जिम्मेवारी बाँडफाँडमा, न्यायमा सबै कुरामा अहिलेसम्म काँग्रेस जुन तरिकाले आएको छ त्यसमा आमोल परिवर्तन नगर्ने हो भने काँग्रेस अघि बढ्न नसक्ने बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै सिटौलले वर्तमान सरकार आफैले निर्माण गरेको संविधानमाथि प्रहार गर्दै अघि बढेको आरोप लगाए । सरकारले स्वतन्त्र न्यायालय लगायतका संवैधानिक निकाय माथि प्रहार गर्दै ती निकालयलाई पंगु बनाएको उनको आरोप थियो । प्रेस स्वतन्त्रता माथि आक्रमण गरेको तथा उद्योगी व्यवसायीलाई समेत दुःख दिएको भन्दै उनले सरकारको आलोचना गरे । उनले कर्मचारीहरु माथि समेत राजनीतिक आस्थाका आधारमा सरकाले विभेद गरेको आरोप लगाए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता गुरु घिमिरेले तरकारीमा विषादि परिक्षण गर्ने विषयमा प्रधानामन्त्री ओलीले आपूmलाई झुक्याइएको भनि गरेको टिप्पणी प्रति गम्भिर आपत्ति जनाए । कसैले झुक्याउँदा झुक्किने प्रधानमन्त्रीलाई सत्तामा बस्ने अधिकार नभएको उनले प्रधानमन्त्रीले तत्काल राजिनामा दिनु पर्ने बताए । उनले काँग्रेस पार्टी भित्र पनि अस्तव्यस्ता भएको भन्दै नेताहरुको चर्काे आलोचना गरे । नेताहरुकै कारण पार्टी बिग्रिएको बताउँदै उनले २०४६ पछि संधै पार्टीमा भाग खोज्ने र पाउनेहरुले काँग्रेस पार्टी बिगारेको आरोप लगाए । पार्टीका भातृसंगठनहरु लथालिंग हुँदा पनि नेतृत्वले ध्यान नदिएको उनले आरोप लगाए ।
प्रतिष्ठानका जिल्ला अध्यक्ष रामकृष्ण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाबाट निर्वा्िचत प्रदेश नं ३ का सांसद शान्तिप्रसाद पौडेल, नेपाली काँग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्का, सभापति लवश्री न्यौपाने लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न विद्यालयलबाट यस वर्षको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्लीलाई सम्मानित समेत गरिएको थियो ।