ताजा समाचार


प्रदेश सरकारका धेरै योजनाहरु कृषि र पशुपालनमा केन्द्रित : मन्त्री ढुगेल

 नेपाल बाहक    ७ श्रावण २०७६, मंगलवार ११:४८     381 जनाले पढ़िसके

रामेछाप ७ साउन ।
प्रदेश नं ३ का योजनाहरु कृषि र पशुपालनमा केन्द्रित रहेको प्रदेश नं ३ को सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले बताउनु भएको छ । उहाँले कृषि देश विकासको मुल आधार भएकोले अहिले प्रदेश सरकारका धेरै कृषि र पशुपालनलाई प्रथामिकता दिएको बताउनु भयो ।
मंगलबार गृहजिल्ला रामेछापमा पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ढुंगेलले
प्रदेशको नाम र राजधानी राख्ने स्थान चाडै टुङ्गो लाग्ने बताउनु भएको छ । आर्थिक बर्ष २०७६÷७७ को पहिलो संसद अधिवेशनबाटै प्रदेशको नाम र राजधानीको टुङ्गो लाग्ने उनले बताए । लगाउँने तयारी भैरहेको मन्त्री ढुंगेलले बताउनु भयो ।
उनले प्रदेशको नाम र राजधानी बस्ने स्थानका बारेमा करिव करिव टुङ्गो लागि सकेको भए पनि आधिकारिक निर्णय हुन बाँकि रहेकाले आफूले अहिलै बोल्दा हतार हुने बताए । प्रदेश राजधानिका लागि काभ्रे, नुवाकोट , हेटौडा लगाएतका जिल्लाहरु प्रस्ताव भए पनि संवैधानिक विधि र प्रक्रिया अनुसार टुङगो लगाउन उनले बताए । मन्त्री ढुंगेलले मुलुकका ७ वटा प्रदेश मध्य प्रदेश नं ३ सवैभन्दा बढि योजना र कार्यक्रम ल्याई बजेट खर्च गर्ने प्रदेश भएको दावि गरे । उनले आर्थिक बर्ष २०७५÷०७६ मा ६८ प्रतिशत भन्दा बढि बजेट योजना र कार्यक्रम अनुसार खर्च गर्न प्रदेश तीन सफल भएको बताए ।
मन्त्री ढुंगेलले प्रदेश तीन सरकारले योजना बैंक बनाएर विकासका काम गर्ने योजना बनाएको भएपनि विभिन्न कारणले पुरा हुन नसक्दा केहि समस्या भने आएको बताए । तर पनि प्रदेश सरकार अझै पनि योजना बैंक मार्फतनै प्रदेशको विकास गर्ने योजनाका साथ अघि बढेकाले समय लगाएर भएपनि प्रदेश सरकारले योजना बैंक मार्फतनै काम गर्ने मन्त्री ढुंगेलले बताए । प्रदेश सरकारले ठूला योजनाहरु सञ्चालन गर्ने र साना योजना स्थानीय सरकार मार्फत नै सञ्चालन हुनु पर्ने उनले बताए ।