ताजा समाचार


रामेछाप जिल्लाका ६४ वडामै विपद व्यवस्थापन समिति गठन गरिने

 नेपाल बाहक    ७ श्रावण २०७६, मंगलवार १२:०७     553 जनाले पढ़िसके

७ साउन, रामेछाप ।
रामेछाप जिल्लाका ८ वटा स्थानिय तहको ६४ वडामै विपद व्यवस्थापन समिति गठन गरिने भएको छ । जिल्ला प्रशासन कार्यलय रामेछापले मंगलबार मन्थलीमा आयोजना गरेको सार्वजनिक सुनवाई तथा सेवा प्रवाह सम्बन्धि राय सुझाव संकलन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लिलाक कुमारी केसीले सो कुराको जानकारी दिनु भएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्ला प्रशासन कार्यालय रामेछापले एक वर्षमा ११ हजार ९ सय ९५ नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । कार्यालयले प्रदान गरेका नेपाली नागरिकताको प्रमाणपत्र मध्ये २ हजार १ सय ८२ प्रमाणपत्रहरु भने एक नगरपालिका र ६ वटा गाउँपालिकामा सञ्चालन गरिएको नागरिक वितरण शिविरमा प्रदान गरेको जानकारी गराउनु भएको थियो ।
कार्यक्रमा यस आर्थिक वर्षमा पनि ८ वटै पालिकामा घुम्ति शिविर सञ्चालन गरिने, बजार अनुगमनलाई तिब्रता दिने, प्रत्यक ४ महिनामा सार्वजनिक सुनुवाई गर्ने जानकारी दिनु भएको थियो ।
कार्यक्रममा प्रदेश सरकार अन्तर्गत ६ वटा सरकारी कार्यालयले सम्पादन गरेका कामको बारेमा पनि सम्बन्धित कार्यालयका प्रमुखहरुले जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुँगलेले विकासका काम गर्दा प्रभावकारी र पारदशी रुपमा गर्न आग्रह गरे ।
कार्यक्रमका सहभागिले जिल्ला स्थित सरकारी कार्यालको काम प्रभाकारी हुन नसकेको गुनासो गरे ।