रामेछाप ९ साउन ।
बिहिबार बिहान रामेछापको साँघुटार बजारमा आगोलागि हुदाँ ४ घर जलेर नष्ट भएका छन् । रामेछाप नगरपालिका–३ साँघुटार बजारमा आज बिहान ८ बजेबाट करिव ३ घण्टासम्म भएको आगलाबिाट सो क्षति भएको हो ।
स्थानीय तेजबहादुर प्रधानले दिएको जानकारी अनुसार लिखु खोला छेउको पक्कि पुल नजिकै रहेको सिंहदेवी निर्माण सेवाको स्टोरबाट निस्किएको आगोले अंकित श्रेष्ठको पक्कि घर जलेर नष्ट भएको छ । त्यसैगरी राजन सुवेदी, अनिष थापा र हरिमायाँ थापाको घर पनि आगलागिमा परि जलेर नष्ट भएको छ । आगो स्थानीयको प्रयाशमा बिहान ११ बजे नियन्त्रणमा आएको उनले बताए ।
गोदाममा ग्यास तथा पेट्रोल र डिजेल समेत रहेकोले आगो केही बेरमा नै फैलिएको थिया । आगो विद्युत लाइन सर्ट भएर निस्किएको आशंका स्थानीयले गरेका छन् ।
आगलागिको घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक शेख अदालतले घटनास्थलमा प्रहरी चौकी धोवीबाट प्रहरी निरिक्षकको नेतृत्वमा टोलि गएको बताए ।
साँघुटार बजार रामेछाप जिल्लाकै पुरानो बजार हो । रामेछापबाट ओखलढुँगा प्रवेश गर्ने मुख्य नाकाको रुपमा सो बजार रहेको छ । झुरुप्प घरहरु रहेको सो बजारमा यस अघि पनि बारम्बार आगलागिका घटनाहरु भएका छन्