ताजा समाचार


सेल्फी खिच्ने क्रममा तमाकोसिमा खसेर एक युवतीको मृत्यु

 नेपाल बाहक    १० श्रावण २०७६, शुक्रबार १२:४६     1292 जनाले पढ़िसके

साउन १० , रामेछाप ।
सेल्फी खिच्ने क्रममा तामाकोशी नदिमा खसेर शुक्रबार एक जनाको मृत्यु भएको छ । भक्तपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ६ घर भएकी बर्ष १९ की सर्मिला कर्मचार्यको कठजोर खोला नजिककैबाट सेल्फी खिच्ने क्रममा नदिमा खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतका अनुसार कठजोर खोला नजिकबाट तामाकोशी नदीले बगाएको कर्मचार्यलाई मन्थलीको ऐयरपोर्ट नजिकबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी तामाकोशी सहकारी अस्पतालमा उपाचरका क्रममा ज्यान गएको हो । मृतक युवती भक्तपुरबाट दोलखा घुम्न जाने क्रममा बाटोमा सेल्फी खिच्ने क्रममा तामाकोशी नदिमा खसेको भनिएता पनि घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।