ताजा समाचार


लिखुतामाकोसि गाउँपालिकाका अध्यक्षले कार्यपालिकाको बैठममा आक्रमणको प्रयास गरेको कार्यपालिकाका सदस्यको आरोप

 नेपाल बाहक    १७ श्रावण २०७६, शुक्रबार १२:३८     928 जनाले पढ़िसके

रामेछाप १७ साउन ।
रामेछापको लिखु तामाकोशी गाउपालिका अध्यक्ष गोबिन्द बहादुर खड्काले प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र राई र कार्यपालिका सदस्य माथि हातपातको प्रयास गरेका छन् । अध्यक्ष खड्काले कार्यपालिकाको बैठक बासिरहेको समयमा प्रमुख प्रशासकिय अधिकृत र कार्यपालिका सदस्य माथि हातपातको प्रयास गरेका शुक्रबार मन्थलीमा पत्रकार सम्मेलन गरि जनाकारी गराइएको छ । नया बजेट सम्बन्धि छलफल र लिखुतामाकोशी गाउपालिकाको दुरागाउँमा बिधुतिकरणको अनुगमन गर्ने बिषयमा छलफल केन्दीत भएको बेला गाउपालिका अध्यक्ष गोबिन्द बहादुर खड्का आक्रोशमा आइ बैठकमै कुर्सी उचाली प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र राई र वार्ड अध्यक्ष सुबास बोहरामाथी कुर्सी उचाली आक्रमण प्रयास गरेका प्रेस बिज्ञप्तिीमा उल्लेख गरिएको छ ।
बिज्ञप्तिमा पालिकाकि उपअध्यक्ष दिपशिखा दाहाल , वडा न. १ का वडा अध्यक्ष निङमार तमाङ , वडा न. २ का वडाअध्यक्ष पदम बहादुर तमाङ, वडा न. ४ का वडाअध्यक्ष लिला बहादुर बस्नेत, वडा न. ५का वडाअध्यक्ष सोम बहादुर तमाङ, वडा न. ६ का वडाअध्यक्ष शिव प्रसात न्यौपाने, वडा न. ७ का वडाअध्यक्ष शुवास बोहोरा , कार्यपालिकाका सदस्यहरु बुद्धि बहादुर बिक, शुशिला थापा र रजिना बुढाथोकिले हस्ताक्षर गर्नु भयो छ ।