काठमान्डौ १७ साउन ।
यमनको सैनिक परेडमा हुथी विद्रोहीहरुले आक्रमण गर्दा ३२ जनाको मृत्यु भएको छ । भने घटनमा दर्जनभन्दा बढी घाइते भएको समचारमा जनाएको छ ।
विद्रोही समूहले सैनिक परेडमा मिसाइल र ड्रोनमार्फत आक्रमण गरेका थिए । हुथी विद्रोहीद्वारा सञ्चालित एक टेलिभिजन च्यानलका अनुसार दक्षिणी क्षेत्रको तटीय शहर अदनमा चलिरहेको सैनिक परेडमा आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ ।
अदन शहर यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको शक्ति केन्द्र हो ।
यसअघि पनि अदन शहरको एउटा प्रहरी कार्यालयमा आत्मघाती बम आक्रमण हुँदा १० जनाको ज्यान गएको थियो । सैनिक परेड र प्रहरी कार्यालयमा भएको आक्रमणको सम्बन्ध एकआपसमा जोडिएको छ कि छैन भन्ने बारे अहिलेसम्म जानकारी प्राप्त भएको छैन ।