ताजा समाचार


खाँडादेवी गाउँपालिका–३ वडा कार्यालयमा ग्यास सिलिण्डर विष्फोट

 नेपाल बाहक    १८ श्रावण २०७६, शनिबार ०५:११     826 जनाले पढ़िसके

रामेछाप । साउन १८ गते
रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीको वडा कार्यालयमा शनिबार बिहानी पख अज्ञात पक्षले खाना पकाउने सिलिण्डर ग्यास विष्फोट गराई कार्यालयमा क्षति पुरयाएको छ । कार्यालय भित्र विष्फोट गराइएको वडाअध्यक्ष पुष्करकुमार कार्कीले जानकारी दिए ।
स्थानीयका अनुसार शनिबार बिहान २ः३० बजेतिर ठूलो आवाजका साथ कार्यालयमा विष्फोट भएको थियो । कार्यालयको माथिको जस्ता निकालि भित्र पसेर कार्यालयको बिच पर्ने गरि विष्फोट गराइएको वडाअध्यक्ष कार्कीले बताए । विष्फोटनबाट कार्यालयमा राखिएका दराज, र्याग र त्यसमा राखिएका कागजपत्रहरु जलेर नष्ट भएका छन् । यसैगरी एउटा कम्प्युटरमा पनि क्षति भएको छ । चार कोठे सो भवनको वडाअध्यक्षको कार्यकक्षमा रहेको एक कम्प्युटर तथा कागजातहरु भने सुरक्षित रहेका छन् । विष्फोटबाट वडा कार्यालय भवनमा सामान्य क्षति पुगेको छ । घटना कसरले गरायो भन्ने खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले अज्ञात समुहले गराएको विस्फोट बम नभै ग्यास सिलिन्डर रहेको बताए ।