ताजा समाचार


फिलिपिन्समा डुंगा दुर्घटना :२५ जनाको मृत्यु

 नेपाल बाहक    १९ श्रावण २०७६, आईतवार ०९:१७     548 जनाले पढ़िसके

मनिला, साउन १९ ।
फिलिपिन्सको मध्ये क्षेत्रमा पर्ने सामुद्रिक तटनजिकै डुंगा दुर्घटना हुदाँ २५ जनाको मृत्यु भएको छ भने ६ जना बेपता भएका छन् । इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुंगा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ ।

इलोइलोबाट गुईमारासतर्फ गइरहेका बेला आँधी आएपछि तीन घण्टाको अवधिमा तीनवटा डुंगा पल्टिएको जनाइएको छ । आँधीले समुद्रमा ठूलो छाल ल्याएको थियो ।

आँधी, छाल र बर्षाका कारण यस क्षेत्रको मौसम खराब भएको छ भने यात्रुहरुले पनि दुःख पाएका छन् ।