रामेछाप १९ साउन ।
रामेछापको सदरमुकाम मन्थलीमा निर्वाचित जनप्रतिनिधिहरु तथा नागरिक समाज बिच खुल्ला सरकार नागरिक साझेदारी विषयक अन्तरक्रिया कार्यक्रम आइतबार मन्थलीमा सम्पन्न भएको छ ।
खुल्ला सरकारको अवधारणाको विषयमा छलफल गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम मानवअधिकार संरक्षण सञ्जाल रामेछापको समन्वय , युएसएडको आर्थिक सहयोग र एफएचआई ३६० तथा हुराडेक नेपाल दोलखाको सहजिकरणमा सञ्चालित नागरिक समाज पारस्पारिक जवाफदेहीता परियोजनाको आयोजनामा भएको हो ।
जिल्ला समन्वय समिति रामेछापका सदस्य पूर्णबहादुर महत, लिखु तामाकोसी गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाल तथा कार्यपालिका सदस्यहरु र मन्थली नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य लगायत निर्वाचित जनप्रतिनिधि, नागरिक समाजका अगुवा पत्रकार लगायतको सहभागिता रहेको सो कार्यक्रममा मित्र समाज नेपालका गोविन्दबहादुर बस्नेतले खुल्ला सरकारको अवधारणाको बारेमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका सदस्य पूर्णबहादुर महतले खुल्ला सरकारको अवधारणाको बारेमा स्थानीय सरकारलाई जानकारी गराई यसलाई व्यवहारीक कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिए । लिखु तामाकोसी गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहालले खुल्ला सरकारको अवधारणालाई आप्mनो गाउँपालिकामा कार्यान्वयन गर्न प्रयत्न गर्ने बताइन् । मन्थली नगरपालिका ३ का वडाअध्यक्ष केशव रोक्का सन् २००११ मै खुल्ला सरकारमा जान सक्ने पृष्टभूमि बनि सकेको नेपाल अझै पनि खुल्ला सरकारमा जान नसक्नु दुःखद भएको बताउँदै यस बारेमा आपूmहरुले कार्यपालिका बैठकका छलफल चलाउने बताए ।
सञ्जालका अध्यक्ष पाण्डव प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण गर्दै वस्नेतले पारदर्शीता, खुल्लापन, सावेसी सहभागिता खुल्ला सरकारको मेरुदण्ड भएको बताए । विश्वका ८० भन्दा बढी राष्ट्रले यसलाई अवलम्बन गरि सकेको बताउँदै नेपालले यसको लागि पुरा गर्नुपर्ने न्युनतम मापदण्ड पुरा गरि सकेको भए पनि विभिन्न कारणले खुल्ला सरकारको पक्षमा सहमति जनाउन नसकेको बताए ।