ताजा समाचार

पूर्वराजा ज्ञानेन्द्र शाह नसच्चिए उनले नसोचेको हबिगत हुने प्रचण्डको चेतावली

 नेपाल बाहक    १९ श्रावण २०७६, आईतवार ११:२१     440 जनाले पढ़िसके

१९ साउन, रामेछाप । पूर्वराजा ज्ञानेन्द्र शाह नसच्चिए उनले नसोचेको हबिगत हुने नेपाल कम्युष्टि पार्टी (नेकपाका) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चेतावली दिनु भएको छ । आइतबार वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको उद्घाटन गर्दै प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने चेतावनी समेत दिनु भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिहेकाले जनताले नागार्जुबाट निकाल्ने चेतावनी दिनु भएको हो। उहाँले जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ ।