ताजा समाचार


ओखलढुंगाको चम्पादेबीमा बाघको आक्रमण बाट एक जान घाइते

 नेपाल बाहक    २२ श्रावण २०७६, बुधबार ११:३५     399 जनाले पढ़िसके

ओखलढुंगा , २२ साउन ।
ओखलढुंगा चम्पादेबी गाउपालिका बाघको आक्रमण बाट एक जना घाइते भएका छन् । बाघले आक्रमण गर्दा २७ वटा बख्रा मरेका छन् । बाघको आक्रमणमा परि चम्पादेबि गाउपालिका १ पलापुका हिरा बहादुर श्रेष्ठ घाइते भएका हुन। चम्पादेबीमा बाघको निरन्तर आतंक मच्चाउन थाले पछि स्थानीय गाउँले मिलेर धपाउने क्रममा श्रेष्ठ घाइते भएका हुन। चम्पादेबी गाउपालिकामा करिब एक हप्तामा २७ वटा बाख्रा बाघको आक्रमणमा परेका छ्न। बाघले दिनरात गोठमा पसेर बस्तुभाउलाई आक्रमण गर्न थाले पछि स्थानीय त्रसित बनेका छ्न ।