ताजा समाचार


प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

 नेपाल बाहक    २७ श्रावण २०७६, सोमबार ०५:५५     237 जनाले पढ़िसके

प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुर बाट स्वास्थ्य परीक्षण गरि आज सोमबार स्वदेश फर्कनुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार सोमबार अपराह्न प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिङ्गापुर जानुभएको थियो । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गर्नु भएको थियो। प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी हुनुहुन्छ ।