ताजा समाचार


१० हजार घुस सहित शिक्षक प्रकाउ

 नेपाल बाहक    २७ श्रावण २०७६, सोमबार १३:२९     479 जनाले पढ़िसके

दाङ, २७ साउन । दाङमा एक शिक्षक घुस सहित प्रकाउ परेका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको रझेनामा उच्च मावि राहत दरबन्दीमा कार्यरत शिक्षक गणेश केसीलाई अख्तियार अनुसन्धान आयोगको टोलीले १० हजार घुस सहित पक्राउ गरेको हो । विद्यालयमा सञ्चालन भएको सिभिल इञ्जिनियरिङ्गको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै एक जना विद्यार्थीबाट १० हजार रुपैयाँ लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो । रुकुमको सिन्ने स्थायी घर भएका शिक्षक केसी रुकुमकै एक विद्यार्थीसँग घोराहीको एक होटलमा बसेर पैसा लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो ।