रामेछाप , २७ साउन ।
प्रदेश नं ३ की सांसद रिता माझीले आदिवासी पत्रकारहरुलाई स्थानीय तहमा मात्रै नभै संघ र प्रदेशमा पनि त्यतिकै मात्रमा भ्रष्टचार बढेको भन्दै त्यसका विरुद्ध सशक्त रुपमा कलम चलाउँन आग्रह गर्नु भएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) को २० औँ स्थापना दिवसको अवसरमा रामेछापमा आएयोजना गरिएको कार्यक्रममा उनले सो कुरा बताएकी हुन । सोमबार सदरमुकाम मन्थलीमा समावेशी लोकतन्त्रको आधार , पुर्ण समावेशी सञ्चार भन्ने मुख्य नाराका साथ फोनिजले आयोजना गरेको कार्यक्रम जिल्ला अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा फोनिज प्रदेश नं ३ का उपाध्यक्ष युवराज श्रेष्ठ , जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का ,मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत,खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ,लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल , नेकपा रामेछापका नेता गोपाल श्रेष्ठ , नेपाली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्की , पत्रकार महासंघ ३ नं प्रदेशका सदस्य बद्री नयाँघरे , पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल पुर्व अध्यक्ष हिमाल ढुंगेल, प्रेस चौेतारीका अध्यक्ष युनिक विफा घिसिङ,प्रेस युनियनका अध्यक्ष अप्रिल अधिकारी,प्रेस सेन्टर रामेछापका अध्यक्ष सुमित श्रेष्ठ लगाएतका वक्ताहरुले बोलेका थिए ।
२० औँ स्थापना दिवसका अवसरमा बोल्ने वक्ताहरुले समानुपातिक समावेशी व्यवस्था लोकतन्त्रको उपलब्धी भएको बताएका छन् । त्यस अवसरमा फोनिज रामेछापले यो बर्षको उत्कृष्ठ आदिवासी जनजाति पत्रकारिता बर्ष पुरस्कार २०७६ पत्रकार सुमित श्रेष्ठलाई प्रदान गरेको छ । श्रेष्ठलाई सम्मानपत्र सहित नगद रु पाँच हजारले सम्मान गरिएको हो । उनलाई सो सम्मान कार्यक्रमकी प्रमुख अतिथि प्रदेश नं ३ की सांसद रीता माझीले प्रदान गरेकी हुन्