रामेछाप , ३० साउन ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको वडा नं ५ पकरवासमा रहेको पकरवास स्वास्थ्य चौकीको सार्वजनिक खर्चको सोधखोज प्रतिवेदन सार्वजनिक गरिएको छ । बुधबार आयोजित एक कार्यक्रमकाबिच प्रतिवेदन सार्वजनिक गरिएको हो ।
युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र हुराडेक नेपाल दोलखाको सहजिकरणमा सञ्चालित नागरिक सामाज पारिस्पारिक जवाफदेहिता परियोजनाले प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदन सार्वजनिकिरण कार्यक्रम खाँडादेवी गाउँपालिका स्वास्थ्य शाखा माकादुमको समन्वयमा भएको हो ।
खाँडादेवी गाउँपालिका वडा नं ५ पकरवासका वडाध्यक्ष तुलसीदास श्रेष्ठ र गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ओम प्रकाश श्रेष्ठलाई पारिस्पारिक जवाफदेहिता परियोजना रामेछापका कार्यक्रम प्रमुख नवराज पथिकले प्रतिवेदन हस्तान्तरण गरेका थिए । त्यस कार्यक्रममा स्वास्थ्य केन्द्र पकरवासका इन्जार्च हरेराम साह , गाउँकार्यपालिका सदस्य घनश्याम सार्की , स्वास्थ्य कर्मी लगायत महिला स्वास्थय स्वेयम सेवीकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै वडाअध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष तुलशीदास श्रेष्ठ र स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठले प्रतिवेदनमा आएको सुझावको आधारमा सेवालाई अझ प्रभाकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।