काठमान्डौ , ३० साउन ।
२३३ जना यात्रु बोकेको रुसको हवाइजहाजमा चराहरुको ठोकिएपछि बिहीबार मकैबारीमा अवतरण गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयका अनुसार जहाजमा रहेका २३३ मध्ये २३ जना यात्रुहरु घाइते भएका छन् भने कुनै मानवीय क्षति नभएको बताइएको छ ।
जहाज आकाशमा उडिरहेका चराहरुको झुण्डमा ठोकिएर इन्जिनमा समस्या आएका कारण मस्कोको दक्षिण पूर्वमा रहेको एउटा मकैबारीमा आकस्मिक अवतरण गराइएको थियो । स्थानीय इन्टरफ्याक्स समाचार संस्थाका अनुसार २३ मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।