ताजा समाचार


रामेछापमा सन्चालन हुने अटोको भाडाँदर निधारण

 नेपाल बाहक    ३० श्रावण २०७६, बिहीबार १३:३१     730 जनाले पढ़िसके

रामेछाप , ३० साउन ।
रामेछाप जिल्लामा सन्चालन हुने अटोको भाडादर निर्धारण भएको छ । विहिबार जिल्ला प्रशासन रामेछापमा बसेको अटोको भाडादर तथा रुट कायम सम्बन्धी सर्वपक्षिय भेलाले अटोको भडा तथा रुट निर्धारण गरेको हो । रामेछाप जिल्लामा भएका अटोले मनलाग्दी भाडा लिएको र अप्ठेरो सडकमा पनि जोखिम मोलेर अटो चलाउँने गरेको गुनासो आएपछि सरोकरावाला निकायसंग छलफल गरी भाडा निर्धारण गरिएको रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले जानकारी दिनुभयो । यो भाडा दर साउन ३१ गते शुक्रवार बाटै लागु हुने प्रमुख जिल्ला अधिकारीले केसि बताउनु भयो ।
सरोकारवालाबिच अटोले तीनजना भन्दा बढि यात्रु बोक्न नपाउँने , यात्रु बहायक सामान बोक्न नपाउँने लगाएतको निर्णपनि भएको बताइन् । प्रमुख जिल्ला अधिकारी केसीले सरोकारवाला निकायबिचको सर्वपक्षिय भेलाले निर्धारण गरेको भडादर लगायत अन्य निर्णयहरु कडाईका साथ लागु गर्न जिल्ला प्रशासन कार्यालय रामेछापले कुनै कसुर बाकि नराख्ने समेत बताए । नयाँ निर्धारण गरिएको भाडादर पुर्ण कायान्वयनका लागि जिल्ला सरोकारवाला निकायलाई आवश्यक निर्देशन समेत दिइसकेको प्रमुख जिल्ला अधिकारी केसीको भनाई छ ।
मन्थली बजारका अटो चालक सहित बसेको सर्वपक्षीय सरोकारवालाको बैठकले रु २० रुपैयाँदेखी रु २०० रुपैयाँ सम्म अटोको भाडा निर्धाण गरेको छ । सर्वपक्षिय भेलाले मन्थली देवकोटा चोकबाट बसपार्कको रु २० रुपैयाँ , आकाशेको रु ३० रुपैयाँ,हाँटेचौरको रु २० रुपैयाँ,करम्बोटको रु ५० रुपैयाँ ,हलेदेको रु १२० रुपैयाँ र तिल्पुङखोलाको रु १५० रुपैयाँ भाडादर निर्धारण गरेको छ । त्यसैगरी मन्थली दोवकोटा चोकबाट खीम्ती रु २०० रुपैयाँ , मदनआश्रित चोक रु २० रुपौयाँ , सानिमदौ रु ५० रुपैयाँ,भैसेश्वर रु २० रुपैयाँ, सोलमारी रु ३० रुपैयाँ , थापाचोक रु ३० रुपैयाँ , कुनौरी रु ५० रुपैयाँ, मच्छेडारी रु ३० रुपैयाँ ,बिटार रु ५० रुपैयाँ , मन्थली स्कुल रु २० रुपैयाँ र लिपेखोल रु ६० रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै दवकोटाचोकबाट कठजोर खोला रु १०० रुपैयाँ, मान्थली माविबाट सिटिइभिटिइ स्कुल रु ३० रुपैयाँ , देवकोटाचोकबाट हाक्तिटार रु १०० रुपैयाँ, सेलेघाट रु २०० रुपैयाँ , त्रिवेणी रु १५० रुपैयाँ र सुनारपानी पिचसम्म रु५० रुपैयाँ भाडादर निर्धारण गरेको छ । रामेछापको मन्थली नगरपालिकामा अहिले २४ वटा अटो संचालनमा छ । मन्थली नगरपालिकामा २५ वटा भन्दा बढि अटो संचालन गर्न नपाउँने मन्थली गरी नगर कार्यपालिकाले निर्णय गरिसकेको छ ।रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै दवकोटाचोकबाट कठजोर खोला रु १०० रुपैयाँ, मान्थली माविबाट सिटिइभिटिइ स्कुल रु ३० रुपैयाँ , देवकोटाचोकबाट हाक्तिटार रु १०० रुपैयाँ, सेलेघाट रु २०० रुपैयाँ , त्रिवेणी रु १५० रुपैयाँ र सुनारपानी पिचसम्म रु५० रुपैयाँ भाडादर निर्धारण गरेको छ । रामेछापको मन्थली नगरपालिकामा अहिले २४ वटा अटो संचालनमा छ । मन्थली नगरपालिकामा २५ वटा भन्दा बढि अटो संचालन गर्न नपाउँने मन्थली गरी नगर कार्यपालिकाले निर्णय गरिसकेको छ ।