ताजा समाचार


खाँडादेवी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

 नेपाल बाहक    ३१ श्रावण २०७६, शुक्रबार ०४:०३     506 जनाले पढ़िसके

रामेछाप । साउन ३० गते,
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाले आर्थिक बर्ष २०७५÷ ०७६ सम्पादन गरेको कामको प्रभावकारितका बिषयक सार्वजनिक सुनुवाइ कार्यक्रम विहिबार सम्पन्न भएको छ । सार्वजनिक सुनुवाईमा कार्यविधि बनाएरै हरेक ४ महिनामा सार्वजनिक सुनुवाई लगायत सुशासनको औजारहरु प्रयोग गरी गाउँपालिकाले सुशासन र पारर्दीताको लागि काम गर्ने प्रतिवद्धता जनाएको छ।
सभासद तारानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले अब सडकको नयाँ ट्रयाक नखोली भएका सडकलाई थप व्यवस्थापन गर्ने, यहि आर्थिक बर्षभित्र डाक्टर सहितको अस्पताल सञ्चालनमा ल्याउने, वडा नं ३ को लाप्का क्षेत्रलाई समेट्ने गरी सामुदायीक सेवा केन्द्र स्थापना गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।
कार्यक्रममा बोल्दै सभाषद श्रेष्ठले स्थानीय तहका जनप्रतिनिधिहरुलाई नागरिकको गुनासो सुनेर काम गर्न आग्रह गरे । उनले जनप्रतिनिधिहरुलाई शासक हैन जनताको साथि भएर काम गर्न आग्रह गरे । उनले आफूलाई सबैभन्दा माथि छु भन्ने जनप्रतिनिधिहरु सकिएर जाने चेतावनी दिए ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले स्थानीय सरकारका कामलाई अझ पारदर्शी बनाएर अघि बढ्नु पर्ने बताए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद सुवेदीले एक वर्ष भित्र भएको काम र प्रगति विवरण प्रस्तुत गरेका थिए ।
सहभागिहरुबाट आएको जिज्ञासाको गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ , प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद सुवेदी , ९ वटै वडाका वडाध्यक्षहरु र गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरुले जवाफ दिएका थिए । कार्यक्रममा नेकपाका प्रतिनिधि देवराज तामाङ, नेपाली काँग्रेसका वेदराज लामा, नेपाल पत्रकार महासंंघ रामेछापका पूर्वअध्यक्षहरु टीकाप्रसाद भट्ट, हीमाल ढुँगेल लगायतले पनि विभिन्न सुझाव दिएका थिए । कार्यक्रमको सहजिकरण हुराडेक नेपाल दोलखाका जिल्ला कार्यक्रम संयोजक पत्रकार नवराज पथिकले गरेका थिए ।