३२ साउन , दोलखा ।
दोलखाको सदरमुकाम समेत रहेको चरीकोटमा एक युवाको हत्या भएको छ । दोलखा प्रहरीका अनुसार भिमेश्वर नगरपालिका वडा नं ४ का अन्दाजि १९/ २० वर्षका पवन बस्नेत मृत्य अबस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार शनिबार बिहान ११ बजे गम्भिर अस्थामा फेला परेका बस्नेतलाई उपचारको लागि प्रस्तावित चरीकोट अस्पताल पुगेपछि चिकित्सकले मृत्य घोषण गरेका थिए । मृत्यको दाया हातमा गम्भिर चोट रहेको थियो ।
कुटपिटको कारण बस्नेतको निधन हुन सक्ने र थप अनुसन्धान भइरहेको दोलखा प्रहरी प्रमुख डिएसपि मान बहादुर राईले बताउनु भयो ।