ताजा समाचार


नवजागरण सकोस ३ प्रदेशकै उत्कृष्ट सकोस

 नेपाल बाहक    २ भाद्र २०७६, सोमबार १२:४३     802 जनाले पढ़िसके

रामेछाप २ भदौ ।
रामेछाप जिल्लाको मन्थलीमा सन्चालि नवजागरण बचत तथा ऋण सहकारी संस्था ३ न प्रदेशको उत्कृष्ट सकोस बनेको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमेटेडको ३२ औँ स्थापनको दिवशमा बिभिन्न बिद्या उत्कृष्ट संस्था तथा सन्चालक घोषण गरिएको थियो ।
सोमबार मन्थलीमा पत्रकार सम्मेल गरि सो जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष श्याम थापाले सेयर सदस्य, सञ्चालक समिति, विभिन्न समिति तथा उपसमिति र कर्मचारीहरुको विश्वास र मेहनतले नवजागरण सकोस उत्कृष्ट संस्थाको रुपमा घोषणा भएको बतानु भएको थियो ।

संस्था पल्र्स मोनिटरिङ, ऐननियम र कार्यविधि अनुसार चल्दा उत्कृष्ट बन्न सकेको अध्यक्ष थापाले बताउनु भयो। नेफ्स्कुनले आगामी साधारण सभामा घोषित सम्मान संस्थालाई प्रदान गर्नेछ । यसै गरि नेफ्स्कूनको ३२औं स्थापना दिवसको अवसरमा नवजागरण साकोसलाई फिल्ड कार्यालय दोलखा बाट उत्कृष्ट बचत कारोबार गरे बापत सम्मानित गरिएको हो । स्थानीय महिलाहरुले जम्मा १० हजार रुपैयाँबाट सुरु गरेको उक्त सहकारीको २१ वर्ष पुग्दा वासलात अहिले ३६ करोड १२ लाख पुगेको संस्थाको सचिब सोमेश थापाले बताउनु भयो ।
संस्थाले २५ करोड २० लाख रुपैयाँ बचत तथा २६ करोड ११ लाख रुपैयाँ ऋण लगानी भएको संस्थाका व्यवस्थापक रमेश उदासले जानकारी दिनुस भएको छ । सहकारीमा ५ हजार ९ सय ९ शेयर सदस्यहरु रहेका छन् भने नवजागारण सकोस रामेछाप जिल्लाकै सबैभन्दा बढि संस्थागत पूँजी भएको संस्था बन्न नवजागरण साकोस सफल भएको पत्रकार सम्मेलमा जानकारी गराइएको थियो ।