रामेछाप , २ भदौ ।
खाडाँदेबि गाउँपालिका वडा ६ को स्थानिय सभा बैठक आज सम्पन्न भएको छ । वडा अध्यक्ष पुस्कर कुमार कार्किको अध्यक्षतामा र पालिकाका अध्यक्ष प्रेम बहादुर तमाङको प्रमुख अतिथ्यतामा भएको बैठकमा वडा स्तरमा भएका काम अवूस्था र अब गर्नु पर्ने कामको बारे छलफल भएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामङले पलिका काम गर्नको लागि बजेट प्रयाप्र्त रहेको बताउनु भएको थियो । अध्यक्ष तमाङले सबिकको ८ वटा गाबिस रहेको गाउँपालिकामा ६२ करोड बजेट हुनु चानचुने कुरा नभएको बताउनु भएको थियो । गाउँपालिकामा आएको बजेटको ब्यबस्थापन गरि सहि काममा खर्च गर्न सबै लाग्नु पर्ने उहाँ जोड रहेको थियो ।
वडा कार्यलयको समन्वय र युनिसेफको आर्थिक सहयोग, एफएचआइ ३६० हुरान्डेक नेपाल दोलखा सहजिकारण सन्चाललित नागरीक समाज पारम्पारीक जवाफदेहिता परियोजनाको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बेल्दै वडा अध्यक्ष पुस्कर कुमार कार्कि प्राप्त भएको सुझावको आधारमा कार्यलय अघि बढ्ने बताउनु भएको थियो । कार्यक्रममा हुरान्डेकका जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले स्थानिय सभा बैठक राख्नुको उदेश्यको बारेमा जानकारी गराउनु भएको थियो ।