रामेछाप , २ भदौ ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ६ माकादुममा रहेको स्वास्थ्य चौकीको नागरिक अंकपत्र अन्तरगत आमने सामने बैठक पनि सोमबार सम्पन्न भएको छ । खाँडादेवी गाउँपाकिला वडा नं ६ माकादुमका वडाध्यक्ष पुष्कर कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक र सेवा प्रदायकले प्राप्त गरेको अंकहरुका बारेमा छलफल गरी सेवाको गुणस्तर सुधारका लागि कार्ययोजना ,समय सिमा र जिम्वेवारी समेत तोकिएको छ । बैठकले स्वास्थ्य चौकीको सेवालाई अझ प्रभावकारी बनाउँने ,स्वास्थ्य चौकीको सरसफाई , सौचालय पुर्वाधार तथा उपकरणहरु सुधार लगायतमा लाग्नका लागि कार्ययोजना बनाई समय सिमा र जिम्वेवारी तोकेको हो । वडाका निर्वाचित जनप्रतिनिधिहरु , स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरु ,स्वास्थ्य स्वयम सविकाहरु , सामजिक अगुवाहरु र स्थानीयको सहभागितामा भएको बैठकको खाँडादेवी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र हुराडेक नेपाल दोलखाको सहजिकरणमा सञ्चालित नागरिक समाजः पारस्पारिक जवाफदहीता परियोजनाको आयोजनामा भएको हो ।