रामेछाप ,३ भदौ ।
खाडाँदेबि गाउँपलिका वडा नं. ३ भिरपानिमा खानेपानी आयोजनाले राखेको ट्रान्सफर्मर चारी भएको छ । खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीस्थित डब्खामा संचालित लिफ्ट खानेपानी आयोजनाको लागि राखिएको ट्रान्सफर्मर चोरी भए पछि करिब १३ सय घरपरिवार खानेपानीबाट बञ्चित भएका छन् । खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कार्कीले ट्रान्सफर्मरभित्र रहेको तामाको तार चोरी भएको जानकारी दिए । ट्रान्सफर्मर चोरीका बारेमा जिल्ला प्रहरी कार्यालाई जानकारी गराइएको वडाध्यक्ष कार्कीको भनाई छ । वडाध्यक्ष कार्कीले ट्रान्सफर्मर चोरी भएपछि करिब १३ सय भन्दा बढी घरघुरी खानेपानीबाट बञ्चित भएको बताए । यता जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष कुमार भट्टराईले घटनाको बारेमा जानकारी हुनसाथ प्रहरी परिचालन गरी ट्रान्सफर्मर चोरी गर्नेको खोजी कार्य भैरहेको बताए । केही समय अघि मात्र सम्पन्न भएको लिफ्ट खानेपानीको लािग छुट्टै ट्रान्सफर्मर राखिएको थियो । भिरपानीस्थित डब्खाको सुनकोसी नदी किनारामा इन्टेक बनाएर भिरपानीको लागि लिफ्ट मार्फत पानी तानिएको थियो । रामेछाप जिल्लामा ट्रान्सफर्मरबाट तार चोरी भएको यो पहिलो घटना हो ।