ताजा समाचार


फौजि किराले वालिनालि सखाप पारे पछि भिरपानीका कृषक चिन्तित

 नेपाल बाहक    ३ भाद्र २०७६, मंगलवार १३:२५     510 जनाले पढ़िसके

रामेछाप, ३ भदौ ।
रामेछाप जिल्ला खाडाँदेबि गाउँपालिका ३ भिरपानीका कृषक फौजि नामक किराले हैराज भएका छ । भिरपानीमा केहि दिन अघिदेखि देखा परेको फौजी किराले बालीनाली सखाप पारेको कृषकहरुले बताएका छन्। लाभ्रे आकारको किराले स्थानियले लगाएका मकै बालिनालि सँगै वनजंगलमा भएका धेरै डाले घाँस ,झारपात लगायत हरेक रुखविरुवाको पालुवा र कलिलो मुन्टालाई एकैरातमा सिध्याएर उजाड बनाउने गरेको कृषकहरुले बताएका छन् । रातका समयमा वा धुम्मिएको बेला सक्रिय देखिने फौजी किराले भेटेजति सबै जातको बालीनाली तथा रुखबिरुवाको पात खाइदिने गरेको स्थानीय शंकर पौडेलले बताउनुभयो । खाँडादेविमा देखिएको फौजी किराको प्रकोप नियन्त्रण गर्न नेपाल कृषि अनुसन्धान परिषदमा आग्रह गरी प्राविधिक र विषादि झिकाइएको खाँडादेवि गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले जानकारी दिनुभयो । फौजिकिरा नियन्त्रणका लागी विषादि वितरण गरिने कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख दिनेश आचार्यले बताउनुभयो ।