रामेछाप, ६ भदौ ।
रामेछाप जिल्लामा जिल्लामा विद्युत ट्रान्सफर्मर भित्रको तामाको तार चोरी हुने क्रम बढेका छ । जिल्लामा बिभिन्न तिन ठाउँ बाट विद्युत ट्रान्सफर्मर भित्रको तामाको तार चोरी भइसको छ । खाँडादेवी गाउँपालिका वडा नम्बर ३ डब्खामा खानेपानीका लागि राखिएको , मन्थली नगरपाकिला वडा नम्बर ६ भलुवाजोर र मन्थली नगरपालिका फुलासीमा ट्रान्सफर्मर भित्रको तामाको तार चोरी भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मन्थली रामेछापका प्रमुख विनोद अधिकारीले जानकारी दिनु भयो । विद्युत प्राधिकरण वितरण केन्द्र मन्थलीका प्रमुख अधिकारीले अहिलेसम्म ट्रान्सफर्मरको तार चोरी घटनाको प्रकृति एकै प्रकारको र चोरी गर्ने समुह पनि एउटै भएको हुनसक्ने अनुमान गरिएको छ । उनले ट्रान्सफर्मरको तार चोरी गर्ने समुह पुर्ण प्राविधिक ज्ञान भएको हुननसक्ने अनुमान समेत गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय रामेछापले ट्रान्सफर्मरको तार चोरी गर्नेको खोजी कार्य भैरहेको जनाएको छ । एउटा विद्युत ट्रान्सफर्मरमा एकसय भन्दा बढि किलो तामाको तार हुन्छ ।