रामेछाप ९ भदौ ।
मन्थलीमा तिज विशेष बृहत सास्कृतिक कार्यक्रम २०७६ हुने भएको छ । सोमबार रामेछापको सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरेर तिज विशेष बृहत सास्कृतिक कार्यक्रम हुने जानकारी दिएको थियो। कार्यक्रममा विभिन्न राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको आफ्नो सास्कृतिक प्रस्तुति दिने छन् भने सामुहिक दर खाने र मौलिक तिज गितमा रमाइलो नाचगान सहितको सास्कृतिक कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा ख्याती प्राप्त कलाकारहरु राधिका हमाल, प्रकाश कटुवाल, सुलेमान शंकर (इकु), रविता मगर र करिष्मा ढकाल लगाएतको प्रस्तुति रहने छन् । यसैगरी अन्य कलाकारहरुमा कुमार कार्की, गोमादेवी खत्री, गोविन्द गौतम, लक्ष्मी आले, विवश बस्नेत, तिर्थविरक्त पाख्रिन र शिवसागर मगर लगाएत स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने छन् ।
कार्यक्रम यहि भदौ १४ गते शनिबार मन्थली नगरपालिका वडा नंम्बर २ आकासे स्थित रोज होटलको हलमा हुने जनाएको छ । कार्यक्रमको सह–आयोजकको रुपमा रामेछाप सास्कृतिक कलाकार समाज, राष्ट्रिय संगितकर्मी संघ जिल्ला कार्यसमिति रामेछाप रहेका छन् भने कार्यक्रम विहान १० बजे देखि साँझ सम्म सञ्चालन हुने छन् ।