ताजा समाचार


रामेछापमा ८६ प्रतिशत धान रोपाई

 नेपाल बाहक    १३ भाद्र २०७६, शुक्रबार १३:०४     420 जनाले पढ़िसके

रामेछाप १४ भदौ ।
रामेछाप जिल्लामा यो बर्ष ८६ प्रतिशत धान रोपाई भएको छ । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार यो बर्ष धान रोपाईमा गतबर्ष भन्दा ४ प्रतिशतले बृद्धि भएको हो । रामेछापमा ८ हजार ८ सय १० हेक्टरमा धान खेती हुने गर्दछ । रामेछापको मन्थली, भलुवाजोर, गागलभदौरे, भटौली, पकरवास, माकादुम, खनियापानी, बेथान, गुन्सी, लखनपुर, टोकरपुर, फुलासी, गेलु, तिलपुङ, खिम्ति, नामडी, फर्पु, हिमगंगा, साँघुटार, देउराली, विजुलीकोट, बेताली, शैपु, दुरागाउँ, गोठगाउँ, कठजोर र सालुमा धान रोप्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।