ताजा समाचार

टेक्सस राज्यका दुई सहरमा अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु

 नेपाल बाहक    १५ भाद्र २०७६, आईतवार १३:४८     184 जनाले पढ़िसके

२०७६ भदौ १५ गते । अमेरिकाको टेक्सस राज्यका दुई शहरमा एकजना बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सो  घटनामा कम्तीमा १६ जना घाइते भएको बीबीसीले समचारमा उल्लेख गरेको छ  । टेक्सस राज्याको ओडिसा शहरमा कारमा रहेका एक ब्यक्तिलाई प्रहरीले रोकेपछि उनले ट्राफिक प्रहरीलाई लक्षित गरी गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले टेक्ससकै अर्को शहर मिडल्याण्डमा पुगेर पनि जथाभावी गोली चलाएको खबरमा उल्लेख छ । एक ३५ वर्षीय युवकले गोली चलाएको र गोली चलाउने युवकमाथि गोली प्रहार गरी मारिएको प्रहरीको दाबी छ ।