ताजा समाचार


रामेछापको मन्थलीमा बहुदेश्य कबर्डहल बन्दै , मन्त्री ढुगेल द्धरा सिलन्यास

 नेपाल बाहक    १७ भाद्र २०७६, मंगलवार १३:४८     744 जनाले पढ़िसके

रामेछाप , १७ भदौ ।
रामेछापको मन्थलीमा बहुद्देश्यीय कबर्डहल निर्माण हुने भएको छ । मन्थलीको भुत्याहा खोला किनारमा बन्ने कबर्डहलको मंगलबार प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसात ढुगेलले सिलन्यास गर्नु भएको हो । खेलकुदका साथै अन्य कार्यक्रम समेत गर्न मिल्ने गरी उक्त कबर्डहल निर्माण थालिएको हो । मन्त्री ढुगेलले कबर्डहल तोकिएको समयमा निर्माण पुरा गर्नका लागि सम्बन्धित पक्षलाई निर्देशन दिनु भएको छ । सडक, स्वास्थ्य, कृषि, पशुपालन, खेलकुद, पर्यटन लगाएतको क्षेत्रमा प्रदेश सरकारले दर्जनौ योजना संचालनमा ल्याएको मन्त्री ढुंगेलको बताउनु भयो ।
सार्वजनिक निर्माण कार्यान्वयन इकाई धुलिखेल काभ्रेका आयोजना प्रमुख पूर्णबहादुर दर्जीका अनुसार करिब १३ करोड १३ लाख ९० हजारको लागतमा निर्माण हुने उक्त कबर्डहलमा बास्केटबल, भलिबल, ब्याडमिन्टर, टेबुलटेनिस जस्ता खेल संचालन गर्नसक्ने क्षमता रहेको छ । अत्याधुनिक कबर्डलमा करिव १ हजार २ सय दर्शक अटाउन सक्ने हल हुनेछ । रिमोटले कुर्सि सार्ने प्रवृद्धिको उक्त हलमा वैवाहिक, धार्मिक, सांस्कृतिक र राजनीतिक सभाका लागि स्थान हुनेछ ।